Tue. Apr 28th, 2026

एमाले पुन: दुई चिरामा विभाजन, माधव नेपाल पक्षको समानान्तर कमिटी गठन

       

काठमाडौं, २०७७ फागुन २९ गते शनिबार

नेकपा एमालेको माधव कुमार नेपाल पक्षले विभिन्न संगठनमा समानान्तर कमिटी गठन गरेपछि नेकपा एमाले पुन दुई चिरामा विभाजन भएको छ। काठमाडौंमा आज बसेको नेपाल पक्षीय स्थायी कमिटीको बैठकले प्रदेश र विभिन्न कमिटीमा नेतृत्व चयन गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुलाई हटाएर संगठनको नेतृत्व हेरफेर गरेपछि नेपाल पक्षले पनि कमिटीमा समानान्तर नेतृत्व चयन गरेको हो । नेपाल समूहले प्रदेश १ को प्रमुख भीम आचार्यलाई, प्रदेश दुईमा घनश्याम भुसाललाई, वाग्मतीमा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ ।

यस्तै विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्टलाई, युवा विभागमा रघुजी पन्तलाई, प्रचार विभागको जिम्मा योगेश भट्टराईलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई दिएको छ ।

Facebook Comments