Wed. Jul 8th, 2026

अन्तर्राष्ट्रिय परिस्थिति र चीनको कुटनीतिसम्बन्धी निलोपत्र सार्वजनिक

       

काठमाडौं, २०७७ फागुन २८ गते शुक्रबार

अन्तर्राष्ट्रिय परिस्थिति र चीनको कुटनीतिसम्बन्धी निलोपत्र (२०२०/२०२१) मार्च १२ तारिख पैचिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय मामिला अनुसन्धानबाट सार्वजनिक भएको छ। उक्त निलोपत्रले सन् २०२० मा अकस्मात फैलिएको कोभिड-१९ को प्रभावबारे विश्लेषण गरेको छ।  चिनियाँ अन्तर्राष्ट्रिय मामिला अनुसन्धानका प्रमुख स्यु पुले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा पाँच ध्यानाकर्षित विशेषता देखाइएको कुरा व्यक्त गर्नुभएको छ।

पहिलो, बहु-ध्रुवीकरणको निरन्तर विकास गरेर अन्तर्राष्ट्रिय शक्तिको तुलनामा नयाँ परिवर्तन भएको छ। दोस्रो, ठूला देशको सम्बन्धका सामु नयाँ परिवर्तन देखा परेर अझ जटिल बन्दैछ। तेस्रो, क्षेत्रीय तातो मुद्दा छुट्टा-छुट्टै हुनुका साथै परम्परागत तथा गैर परम्परागत सुरक्षा गाँसिएको छ। चौथो, विश्व अर्थतन्त्रको वृद्धि पुनःसुरू हुनुका साथै हल्का पुनर्त्थानको अपेक्षा बढेको छ। पाँचौँ,नयाँ वैज्ञानिक तथा प्राविधिक सुधार तयारी हुनुका साथै डिजिटल विभाजन निरन्तर बढ्दैछ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार