Sat. Jul 27th, 2024

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु

काठमाडौं, २०७६ मंसिर १५ गते आईतबार ।

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिकाको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ जनासहित ६ जनाको ज्यान गएको छ ।

विराटनगरको गोल्डेन अस्पतालमा शनिबार राति उपचारको क्रममा उदयपुर त्रियुगा नगरपालिका वडा ९ की शिवमाया राईको ज्यान गएपछि शव लिएर घर फर्कँदै गरेको एम्बुलेन्स र ट्रक ठोक्किँदा एकै परिवारका ५ सहित ६ जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा उदयपुर त्रियुगा नगरपालिका वडा ९ का वर्ष ३४ का दुर्गाधन राई, वर्ष २८ का टेकेन्द्र राई, वर्ष  ५० का तुलाबहादुर राई, वर्ष का ३५ मुकेश राई, वर्ष ३१ का दिनेश राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका प्रखुम एसपी भीम दाहालले जानकारी दिनुभयो । वीरगञ्जबाट विराटनगरका लागि छुटेको ना ३ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६३ नम्बरको एम्बेलेन्स ठोकिँदा एम्बुलेन्समा रहेका सबै जनाको ज्यान गएको हो । उज्यालो अनलाईनबाट ।

Facebook Comments