प्रधानमन्त्रीद्वारा आफ्नो पक्षमा रहेका माओवादी नेताहरुसँग छलफल
काठमाडौं, २०७७ फागुन २५ गते मंगलबार
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेका माओवादी नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गर्नुभएको छ । बैठकमा एमाले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको छ ।
नेपाली वहस अनलाईनका अनुसार एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वमाओवादी नेताहरुसँग औपचारिक/अनौपचारिक बैठक भइरहेको जानकारी दिनुभयो ।
Facebook Comments