Fri. Sep 20th, 2024

माधव नेपाल पक्ष एमालेमा, प्रचण्ड पक्ष माओवादी केन्द्रमा फर्किने निर्णय

काठमाडौं, २०७७ फागुन २५ गते मंगलबार

प्रचण्ड-माधव पक्षका नेताहरु आ-आफ्नो पुरानै पार्टीमा फर्कने निर्णय गरेका छन् । पेरिसडाँडामा सोमबार अपरान्ह बसेको सो पक्षको स्थायी कमिटी बैठकले पूर्व नेकपा (एमाले) पक्षका नेताहरु पुरानै घर एमालेमा र तत्कालिन नेकपा (माओवादी केन्द्र) का नेताहरु सोही पार्टी व्यूँताउने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी ऋषिराम कट्टेललाई दिने आइतबार फैसला गरेपछि सो पक्षका नेताहरु आ-आफ्नो पार्टीमा फर्कने निर्णयमा पुगेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । “हामीलाई पुरानै घरमा फर्कने बातावरण सर्वोच्च अदालतले नै बनाइदियो, त्यसैले हामी एमालेमा फर्कने निर्णयमा पुगेका हौं” नेता पाण्डेले भन्नुभयो, “सर्वोच्च अदालतलाई सबैले धन्यवाद व्यक्त गर्नुपर्छ ।”

“आइतबारसम्म प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरुको पनि पार्टी नेकपा थियो, सर्बोच्चले एमालेमा जाउ भनिदिएपछि उहाँहरु पनि एमाले हुनुभएको हो, हामी जुन समूहमा लागे पनि पूर्व एमालेहरु सबै एमालेमा पुग्यौं” उहाँले भन्नुभयो । नेकपा (माओवादी केन्द्र) का नेताहरु सो दललाई व्यूँताउने बताउनु भएपछि हामी पनि एमालेमै फर्किने सहमतिमै निर्णय गरेका हौं नेता पाण्डेले बताउनुभयो ।

“तत्कालिन एमाले हामी सबैको मेहनत र परिश्रमबाट बनेको पार्टी हो, त्यसमा हामी सबैको हक लाग्छ” भन्नुहुँदै नेता पाण्डेले थप्नुभयो, “हामीहरु पूर्व एमाले कमरेड माधव नेपालसहित सबै नेता तथा कार्यकर्ता सोही दलमा फर्किन्छौं ।” सर्वोच्च अदालतको निर्णय मान्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । गोरखापत्र

Facebook Comments