Mon. Apr 20th, 2026

भरतमोहन अधिकारी स्मृती दिवसमा १ सय २५ जना सम्मानित

       

काठमाडौं, २०७७ फागुन १९ गते बुधबार

कम्युनिष्ट नेता भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले अग्रज कम्युनिष्ट र ७० वर्ष देखि १०७ वर्ष सम्मका १ सय २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ ।विराटनगरमा आयोजित एक कार्यक्रममा नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रुद्राक्षको माला, दोसल्ला तथा सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नुभयो ।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतमोहन अधिकारी दोश्रो स्मृति समारोहलाई सम्बोधन गदै अध्यक्ष नेपालले मुलुकमा देखिएको राजनैतिक गतिरोध अन्त्यका लागि प्रधानमंत्री केपी ओलीले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताउँनु भयो ।

उहाँले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरेपछि राजनैतिक गतिरोध चुलिएकाले राजीनामा गर्दा राम्रो हुने बताउँनु भयो । नेता नेपालले २०५१ सालमा गठन भएको मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप प्रदान गरेको ज्येष्ठ नागरिक भत्ता ५ हजार रुपैयाँ प्रति महिना पुर्याउँने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Facebook Comments