Fri. Sep 20th, 2024

विप्लवसँग सरकारको अनौपचारिक वार्ता जारी

फाईल फोटो

काठमाडौं, २०७७ फागुन ९ गते आईतबार 

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासँग अनौपचारिक वार्ता गरिरहेको छ । खानेपानी मन्त्री मणि थापा संयोजकत्वको सरकारी टोलीले नेकपाका प्रतिनिधिहरूसँग अनौपचारिक वार्ता गरिरहेको स्रोतले जनाएको छ ।

अनौपचारिक रूपमा कुरा मिलेपछि सरकार औपचारिक रूपमा कार्यदल बनाएर वार्ता गर्ने तयारीमा रहेको ती स्रोतको दाबी छ । ‘आज सम्पन्न वार्ता सकारात्मक देखिएको छ’, ती स्रोतले भने ‘एक दुई दिनमा निर्कयौल आउँछ ।’

महासचिव विप्लवले शनिवार मात्रै विज्ञप्ति निकालेर आफूहरू सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको थियो । चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ताका लागि अहिलेसम्म पक्राउ गरेका पार्टीका नेता कार्यकर्तालाई छोड्नु पर्ने र पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने सर्त राखेको छ । वि.सं. २०७५ साल फागुन २८ गते सरकारले सो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो ।

नख्खु जेलमा रहनु भएका चन्द नेतृत्वको नेकपाका प्रभावशाली नेताहरू हेमन्तप्रकाश ओली, ध्रमेन्द्र बास्तोलालगायतका नेतामार्फत नै पार्टीसँग वार्ता गर्ने वातावरण निर्माण भएको सरकारी स्रोतको भनाई छ । प्रशासन अनलाईन

Facebook Comments