Fri. Sep 20th, 2024

रामकुमारी झाँक्री रिहा

काठमाडौं, २०७७ माघ २९ गते बिहीबार

नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री रिहा हुनु भएको छ ।

झाँक्रीलाई साँझ प्रहरीले घरमै लगेर छाडिदिएको महानगरीय प्रहरी प्रमुख हरीबहादुर पालले  जानकारी दिनुभयो ।  राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उहाँकै निवास शंखमुलबाट पक्राउ गरेको थियो । उहाँलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गरेकै भरमा राज्य विरुद्धको आरोप लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विभिन्न दलका नेता र कानुनविद्ले सरकारको विरोध गरेका थिए ।

उहाँ दिउँसो १ बजे पक्राउ पर्नुभएको थियो ।

Facebook Comments