Thu. Jun 11th, 2026

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा वसन्त चाड शुभकामना बैठकको आयोजना

       

काठमाडौं, २०७७ माघ २९ गते बिहीबार

चिनियाँ जनताको सबैभन्दा ठूलो बसन्त चाडको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी केन्द्रीय समितिले शुभकामना सम्बन्धी बैठक आयोजना गरेको छ।

फेब्रुअरी १० तारिख बिहान आयोजित सो बैठकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले पार्टी केन्द्रीय समिति र राज्य परिषदको तर्फबाट सबै जातिका जनता, देश भरका समूहहरु, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाओ विशेष प्रशासनिक क्षेत्र, ताइवान र विदेशमा रहेका चिनियाँहरुलाई बसन्त चाडको हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

सम्पन्न समाज निर्माण र पहिलो शताब्दीको लक्ष्य हासिल गर्नु चिनियाँ कम्युनिष्ट पार्टीको संघर्षको इतिहास, नयाँ चीनको विकासको इतिहास र चिनियाँ सभ्यता इतिहासमा कोशेढुङ्गा रहेको उहाँले बताउनुभयो।

साथसाथै उहाँले चिनियाँ राष्ट्रको महान पुनरुत्थानको दिशामा एक महत्वपूर्ण पाइला हो भन्दै अहंकारी र स्वार्थी नभई दोस्रो शताब्दी लक्ष्य हासिल गर्न चीनले कडा परिश्रम गरिरहने कुरामा जोड दिनुभयो। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read