Wed. Jul 29th, 2026

माघ ३० गते शुक्रबार सार्वजनिक विदा

       

काठमाडौं, २०७७ माघ २८ गते बुधबार

सरकारले तामाङ समुदायको सोनाम ल्होसार र शेर्पा समुदायको ग्याल्बो ल्होसार माघ ३० गते शुक्रबार एकैदिन परेकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ३० गते शुक्रबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको जानकारी दिनु भएको हो ।

यसअघि यी दुईवटा ल्होसार छुट्टाछु्ट्टै रुपमा पर्ने भएकाले सार्वजनिक विदा दिँदा सम्बन्धित जाति विशेषलाई मात्र दिने गरिएको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले बताउनुभयो । वल्र्ड कल्चरल नेट, नेपालका अनुसार यसै दिनमा छिमेकी देश चीनको चिनियाँ नयाँ वर्ष पनि परेको छ ।

Facebook Comments