Sun. Apr 19th, 2026

सवारी चालक अनुमती पत्र परिक्षा पास गर्न लिखितमा ८० अङ्क ल्याउनै पर्ने

       

काठमाडौं, २०७७ माघ १८ गते आईतबार

सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्ने देखिएको अधिकारीहरूले जनाएका छन्।

कोरोनाभाइरस महामारीका कारण १० महिना जति चालक अनुमति पत्र दिने प्रक्रिया रोकिएको थियो। त्यो खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख सर्वसाधारणले आवेदन दिइसकेका छन्।

त्यसैकारण वैशाख सम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनु भयो।

“अझ कतिपय कार्यालयहरूमा त जेठ महिनाको अन्त्य सम्मको मिति सकिएको अवस्था छ,” उहाँले भन्नुभयो। हाल देशैभर करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेको उहाँले बताउनु भयो। बिबिसी

Facebook Comments