Fri. Sep 20th, 2024

शहीदका सपनालाई विपनामा रुपान्तरण गर्नजोड दिनुपर्छः देउवा

काठमाडौं, २०७७ माघ १६ गते शुक्रबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीदका सपनालाई विपनामा बदल्न संकल्प गर्न आह्वान गर्नुभएको छ । आज शहीद दिवसको अवसरमा सन्देश दिँदै सभापति देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त हामीले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने बताउनुभएको हो ।

सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा वीर सपुतहरुले आफूलाई सहर्ष उत्सर्ग गरेको सभापति देउवाले स्मरण गर्नुभएको छ ।

मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार हामी सबै पक्षलाई शहीद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास देउवाले व्यक्त गर्नुभएको छ ।

Facebook Comments