पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
चितवन । नारायणगढ-मुग्लिन सडकमा विभिन्न स्थानमा खसेको पहिरो हटाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । आज बिहान १७ किलो र सिमलताल नजिक लेदो र ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इञ्जिनियर कृष्ण आचार्यका अनुसार १७ किलोमा खसेको ढुङ्गा र सिमलताल नजिकको लेदोसहितको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।
उहाँका अनुसार पहिरो हटाउने काम भइरहेका बेला दुवै स्थानमा सुरुमा एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको थियो । त्यसपछि सवारी चाप कम भएपछि पहिरो पूर्ण रूपमा हटाएर आज दिउँसो ३:१५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ ।
Facebook Comments

