Tue. Jul 28th, 2026

मानव अधिकारवादीद्वारा आयोजित विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप

       

काठमाडौं, २०७७ माघ १२ गते सोमबार

संसद विघटनको विरोधमा मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

कमलपोखरीबाट नागपोखरी, नक्साल, भाटभटेनीहुँदै बालुवाटारतर्फ अघि बढेको सो विरोध र्‍यालीलाई बालुवाटर नपुग्दै प्रहरीले हस्तक्षेप गरेको हो।

हस्तक्षेपका क्रममा प्रहरीले विरोधमा सहभागीहरुमाथि लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा हानेको थियो। त्यसक्रममा एक दर्जनभन्दा धेरै नागरिक अगुवा घाइते भएका छन्।

बृहत नागरिक आन्दोलनका नारायण वाग्लेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले व्यापक दमन गरेको बताउनु भयो। आफूहरुमाथि भएको दमनको विरोध गर्दै उहाँले अब तेस्रो जनआन्दोलन सुरु भएको समेत बताउनु भयो ।

तर, प्रहरीले भने उनीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि रोकिएको बतायो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read