गण्डकी प्रदेशसभा बैठक : प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश
गण्डकी । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेश लोकसेवा आयोग र प्रदेशसभाको सार्वजनिक लेखा समितिको प्रतिवेदन पेश भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश लोकसेवा आयोग, गण्डकीको आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गर्नुभएको । उक्त प्रतिवेदनलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो ।
यस्तै प्रदेशसभाको सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदनलाई समितिका सभापति सुधिरकुमार पौडेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री भीमबहादुक कार्कीले प्रदेशसभा सदस्यले उठाएका उक्त मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो । प्रदेशसभाको आगामी बैठक असार १ गते अपरान्ह ४ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । रासस

