चिनियाँ राष्ट्रपतिद्वारा चीन र उत्तर कोरियालाई विश्वास सुदृढ गर्न र व्यावहारिक सहयोग बढाउन आह्वान
(260608) -- PYONGYANG, June 8, 2026 (Xinhua) -- Xi Jinping, general secretary of the Communist Party of China Central Committee and Chinese president, and his wife Peng Liyuan pose for a photo with Kim Jong Un, general secretary of the Workers' Party of Korea and president of the State Affairs of the Democratic People's Republic of Korea (DPRK), and Kim's wife Ri Sol Ju, in Pyongyang, the DPRK, June 8, 2026. Xi and Peng attended a welcome banquet hosted by Kim here on Monday. (Xinhua/Shen Hong)
प्योङयाङ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) ले राजनीतिक पारस्परिक विश्वासको जग सुदृढ गर्दै व्यावहारिक सहयोगको स्तरलाई बढाउनु पर्ने बताउनु भयो ।
उत्तर कोरियाको दुई दिने राजकीय भ्रमणका लागि हिजो (सोमबार) राजधानी प्योङयाङ पुग्नु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सो विचार व्यक्त गर्नुभएको हो । कोरियाको वर्कर्स पार्टीका महासचिव तथा उत्तर कोरियाको राज्य मामिलाका अध्यक्ष किम जोङ उनसँगको वार्ताका क्रममा उहाँले दुई देशबीचको सम्बन्धलाई उच्च महत्व दिनु भएको हो । राष्ट्रपति सी चिनफिङले सात वर्षपछि फेरि एक पटक सुन्दर शहर प्योङयाङको भ्रमण गर्न पाउँदा धेरै खुसी भएको र विशेष गरी न्यानो र परिचित महसुस भएको जानकारी पनि दिनुभयो ।
राष्ट्रपति सी चिनफिङले यो भ्रमणलाई नयाँ युगमा चीन-उत्तर कोरिया सम्बन्धको लागि उच्च-स्तरीय योजना र रणनीतिक मार्गदर्शनलाई बलियो बनाउन, समयसँगै द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन र द्विपक्षीय सम्बन्धमा ठूलो प्रगति हासिल गर्न अवसरको रूपमा लिन किमसँग काम गर्न तत्परता व्यक्त गर्नुभयो । उहाँले दुई देश र जनतालाई राम्रो फाइदा होस् साथै क्षेत्रिय तथा विश्वमा शान्ति, स्थिरता, विकास र समृद्धिमा सकारात्मक योगदान पुर्याउन सकियोस् भन्ने विचार समेत व्यक्त गर्नुभयो ।
चीन र उत्तर कोरिया दुवै कम्युनिष्ट पार्टीहरूको नेतृत्वमा रहेका समाजवादी देश भएको कुरामा जोड दिँदै राष्ट्रपति सी चिनफिङले भन्नुभयो, “दुई देशहरूबीचको परम्परागत मित्रता उनीहरूको साझा आदर्श र विश्वासका साथै उनीहरूको साझा लक्ष्यहरूमा आधारित छ, र गहिरो ऐतिहासिक जग, ठोस राजनीतिक आधार र बलियो भावनात्मक बन्धनले समर्थित छ ।”
राष्ट्रपति सी चिनफिङले पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएको मित्रता, साझा भविष्य र पारस्परिक समर्थन सधैं चीन-उत्तर कोरिया सम्बन्धको परिभाषित विशेषताहरू रहेको उल्लेख गर्नुभयो ।
“अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भए पनि, चीन-उत्तर कोरिया परम्परागत मित्रतालाई उच्च मूल्याङ्कन गर्ने चिनियाँ पार्टी र सरकारको दृढ अडान परिवर्तन हुनेछैन, उत्तर कोरियाको समाजवादी उद्देश्यको नेतृत्व गर्न महासचिव किमलाई दृढ समर्थन परिवर्तन हुनेछैन, र दुई देशहरूको साझा हितको रक्षा गर्ने र अनुकूल रणनीतिक वातावरण संरक्षण गर्ने दृढ प्रतिबद्धता परिवर्तन हुनेछैन” राष्ट्रपति सी चिनफिङले भन्नुभयो ।
राष्ट्रपति सी चिनफिङले भन्नुभयो, एक शताब्दीमा नदेखिएका गहन परिवर्तनहरू जुन विश्वभर तीव्र गतिमा बढिरहेका छन्, दुवै पक्षले फराकिलो र दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्छ, विगतका उपलब्धिहरूमा निर्माण गर्नुपर्छ र नयाँ भविष्य खोल्नुपर्छ, दुई पक्ष र दुई देशहरू बीचको सम्बन्धको विकास प्रक्रियाबाट बुद्धि प्राप्त गर्नुपर्छ, मानव इतिहासको प्रचलित प्रवृत्तिमा अवसरहरू सदुपयोग गर्नुपर्छ, चीन र उत्तर कोरिया बीचको परम्परागत मित्रतामा नयाँ समकालीन अर्थ र बलियो प्रेरणा समावेश गर्नुपर्छ, र दुई देशहरूको समाजवादी उद्देश्यका साथै क्षेत्रीय शान्ति र विकासको लागि उज्ज्वल सम्भावना खोल्नुपर्छ ।”
बैठकको क्रममा राष्ट्रपति सी चिनफिङले चीन-उत्तर कोरिया सम्बन्ध विकास गर्ने बारेमा चारवटा प्रस्तावहरू प्रस्तुत गर्नुभयो ।
“दुवै पक्षले उच्च-स्तरीय आदानप्रदानबाट निर्देशित रहनुपर्छ र राजनीतिक पारस्परिक विश्वासको जगलाई सुदृढ गर्नुपर्छ । दुवै राष्ट्रका शीर्ष नेताहरूको रणनीतिक मार्गदर्शन चीन-उत्तर कोरिया सम्बन्धको सबैभन्दा ठूलो शक्ति हो” राष्ट्रपति सी चिनफिङले भन्नुभयो । किमसँग घनिष्ठ रणनीतिक सञ्चार कायम राख्न र चीन-उत्तर कोरिया सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुग्न मार्गदर्शन गर्न आफू तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।
यस वर्ष चीन-उत्तर कोरिया मैत्री, सहयोग र पारस्परिक सहयोग सन्धिको ६५ औं वार्षिकोत्सव हो भन्ने कुरा उल्लेख गर्दै राष्ट्रपति सी चिनफिङले दुवै पक्षले भव्य कार्यक्रमहरू आयोजना गर्ने पनि बताउनु भयो ।
दुई पक्षबीचको सम्बन्धले चीन-उत्तर कोरिया सम्बन्धको विकासमा महत्त्वपूर्ण मार्गदर्शक भूमिका निर्वाह गर्ने बताउनुहुँदै उहाँले दुई पक्षबीच विभिन्न स्तर र विभिन्न क्षेत्रहरूमा मैत्रीपूर्ण आदानप्रदानलाई थप विस्तार र बल प्रदान गर्न आह्वान गर्दै पार्टी र राज्य शासनमा अनुभवको आदानप्रदान र पारस्परिक सिकाइलाई गहिरो बनाउन आह्वान गर्नुभयो ।
“दुवै पक्षले कूटनीति, कानून प्रवर्तन, सैन्य मामिला र अन्य क्षेत्रमा आदानप्रदान बढाउनुपर्छ, दुई नेताहरूबीच भएको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्नुपर्छ र चीन-उत्तर कोरिया सम्बन्धको विकासको लागि बुद्धि र शक्ति एकसाथ जुटाउनुपर्छ” राष्ट्रपति सी चिनफिङले भन्नुभयो ।
दुवै पक्षले जनतालाई लाभ पु¥याउने र व्यावहारिक सहयोगको स्तर बढाउने लक्ष्यमा प्रतिबद्ध रहनुपर्छ, राष्ट्रपति सी चिनफिङले भन्नुभयो ।“विकास रणनीतिहरूको पङ्क्तिबद्धतालाई सुदृढ पार्न र अर्थतन्त्र र व्यापार, कृषि, निर्माण, विज्ञान र प्रविधि, साथै स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूमा व्यावहारिक सहयोग विस्तार गर्न चीन उत्तर कोरियासँग काम गर्न तयार छ, जसले दुई देशका जनतालाई बढी फाइदा पु¥याउँछ।” राष्ट्रपति सी चिनफिङले भन्नु भयो ।
सीले दुवै पक्षलाई सीमा नाकाहरू पूर्ण रूपमा पुनः खोल्ने र नागरिक उड्डयन उडानहरू र अन्तर्राष्ट्रिय यात्रुवाहक रेलहरू पुनः सुरु गर्ने अवसरलाई जनता-जनताबीचको आदानप्रदान बढाउन र आपसी अन्तरक्रियालाई बढावा दिन आह्वान गर्नुभयो ।
रगतमा गाँसिएको चीन र उत्तर कोरिया बीचको परम्परागत मित्रता दुई देशका जनताको बहुमूल्य साझा सम्पत्ति हो भनी उल्लेख गर्दै राष्ट्रपति सी चिनफिङले दुवै पक्षले मित्रताको विरासतलाई चालक शक्तिको रूपमा कायम राख्नु पर्छ र आफ्ना जनता बीचको सम्बन्धलाई बलियो बनाउनु पर्छ भन्नुभयो । सिन्ह्वा

