Sat. Apr 25th, 2026

थापाथलीको सुकुमबासी बस्ती खाली गरियो

       

काठमाण्डू । काठमाण्डूको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।

सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् । उक्त क्षेत्रमा ठूला सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि आजै काठमाण्डू महानगरपालिका–९ गैरीगाउँको सुकुमबासी बस्ती पनि खाली गर्ने तयारीमा आफूहरु रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले  राससलाई जानकारी दिनुभयो । रासस

Facebook Comments

सम्बन्धित समाचार