Tue. Jun 9th, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि चीनको भ्रमण गर्नुहुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

       

भिओके समाचार/काठमाण्डू । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि १५ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

तीनदिने भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चीनका राष्ट्राध्यक्ष सी चिनफिङ लगायतका उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अमेरिकी अधिकारीहरुका अनुसार व्यापार तनाव कम गर्ने उद्देश्यका साथ ट्रम्पले सीलाई इरानमाथि युरेनियम प्रवर्धन नियन्त्रण र युद्ध अन्त्यका लागि दबाब दिने अपेक्षा गरिएको छ । यद्यपी चीनले यस विषयमा केही बताएको छैन ।

इरानको पक्षमा दरोसँग उभिएको चीनलाई आफ्नो पक्षमा ल्याउन अमेरिकाले निरन्तर प्रयास गरिरहेको विश्लेषकहरु बताउँछन् । प्यालेस्टायन, भेनेजुयला र इरान मामिलामा रुस र चीनको बढ्दो एकतापछि पश्चिम एशियामा आफ्नो पकड कमजोर भएको अमेरिका चीनलाई आफ्नो पक्षमा ल्याउन प्रत्यनशिल रहेको बुझिन्छ ।

Facebook Comments