Fri. Apr 19th, 2024

महराले भने, मेरो राजिनामा छानविन नसकिदासम्मका लागि मात्र

काठमाडौं, १४ असोज। सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन । अाफ्नै मातहतकी एक कर्मचारी माथि यौन दुर्व्यवहार गरेकाे आरोप लागेका सभामुख महराले छानबिन प्रक्रिया नसकिँदासम्मका लागि भन्दै राजिनामा दिएकाे विज्ञप्तिमार्फत जानकारी गराएका छन ।

सभामुख महराले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । महराले आफ्नो राजिनामा छानविन प्रक्रिया नसकिएसम्मका लागि मात्र भएको प्रष्ट पारेका छन् । उनले यो कुरा राजिनामा पत्रमै स्पष्ट उल्लेख गरेका छन् । त्यसैगरी सभामुख महराका प्रेस संयोजक डिल्ली मल्लले यो राजिनामा सभामुख पदबाट मात्र भएको बताएका छन् ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाब दिएको थियो । महरामाथि जाजरकोट घर भएकी संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । सभामुख महराले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

Facebook Comments