Sat. Apr 18th, 2026

नेप्से परिसूचक ४८ अंकले बढ्यो   

       

काठमाण्डू । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अङ्कले बढेर दुई हजार ८५१ दशमलव २४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ७३ प्रतिशतको वृद्धि हो ।

आज ३३८ कम्पनीको दुई करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर एक लाख आठ हजार ८६९ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।   रासस

Facebook Comments