Fri. Apr 17th, 2026

दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने   

राष्ट्रपति रामचन्द्र पौडेल

       

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम यही चैत २७ गते शुक्रबारका दिन १५ः०० बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नु हुनेछ । राष्ट्रपतिले दुवै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान पनि गर्नुभएको छ ।  रासस    

Facebook Comments