राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा साह चयन
काठमाण्डू । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र साह चयन हुनुभएको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकमा सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता साहलाई संसदीय दलका नेताका रूपमा चयन गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
साह संसदीय दलको नेतामा चयन हुनु भएसँगै उहाँ नेपालको प्रधानमन्त्री बन्ने बाटो खुल्ला भएको छ ।
Facebook Comments

