Sun. Apr 28th, 2024

चितवन मेडिकल कलेज विरुद्ध विद्यार्थी र अभिभावकको प्रदर्शन

चितवन, २०७६ मंसिर ८ गते आईतबार ।

चितवन मेडिकल कलेजले बढि लिएको शुल्क फिर्ता नगरेको भन्दै मेडिकल काउन्सीलका विद्यर्थी र अभिभावकले प्रदर्शन गरेका छन । चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा आईतबार बृहत् प्रदर्शन गरिएको हो ।

गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजले त्यसको विरोधमा प्रदर्शन गरेका छन । विद्यार्थीको नेतृत्व चिकित्सा शिक्षा संघर्ष समितिले गठन गर्दै प्रर्दशन गरिरहेका छन। अभिभावक र नागरिकहरुले उनिहरुको मागमा प्रति एैक्यबद्धता जनाएका हुन्।

चितवनको चौबिसकोठीबाट निस्केको जुलुसले बजार परिक्रमा गरेको छ। मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले १५ दिनभित्र बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो। नेपालपाटी अनलाईनका अनुसार आईतबार नै नेशनल मेडिकल कलेजका विद्यार्थीको अगुवाइमा वीरगञ्जमा पनि प्रदर्शन गरिने चिकित्सा शिक्षा संघर्ष समितिले जनाएको छ । यसअघि मेडिकल शिक्षाका विद्यार्थीले लगातर ३ दिनसम्म काठमाडौंमा प्रदर्शन गरेका थिए ।

विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेका छैनन्। शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने बताएको भए पनि मेडिकल कलेज शुल्क फिर्ता गरेको छैन ।

Facebook Comments