Thu. Jun 11th, 2026

काठमाण्डू-९ मा पनि रास्वपाको अग्रता   

       

 काठमाण्डू ।  काठमाण्डू निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ ।

हालसम्म गनिएका चार हजार २३४ मतमध्ये रास्वपा उम्मेदवार डोलप्रसाद अर्यालले दुई हजार २४४ प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मेनुका घिमिरेले बताउनुभयो । नेपाली कांग्रेसकी नानु बास्तोलाले २६१ र एमालेका अजयक्रान्ति शाक्यले १५२ मत प्राप्त गर्नुभएको छ । बलम्वु नगरपालिका भवनमा मतगणना जारी छ ।

Facebook Comments