Fri. Apr 24th, 2026

एकीकरण पदयात्रबाट फर्किएको टोलीको भव्य स्वागत

       

काठमाडौं, २०७७ पुस २६ गते आईतबार

नेपाल एकीकरणको उद्गमस्थल गोरखाबाट काठमाण्डौसम्म हिडेको नेपाली सेनाको टोली काठमाडौ आइपुगेको छ। सो टोलीलाई आज काठमाडौंको वसन्तपुरमा भव्य स्वागत गरिएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकीकरण पदमार्ग निर्माण गरिएको छ । पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाडौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाइ गरिएको थियो ।

गोरखापत्रका अनुसार टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डासहित करिब ४० जनाको टोलीलाई बिदाइ गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार