Sat. Jul 27th, 2024

मतदान केन्द्र पुनरवलोकन कार्यविधि पारित

काठमाडौं, २०७७ पुस २२ गते बुधबार

निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्रको पुनरवलोकन गर्न कार्यविधि पारित गरेको छ ।

कार्यविधि पारित भएपछि आयोगलाई सोसम्बन्धी काम सुरु गर्ने बाटो खुलेको छ । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले आयोगबाट ‘मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७’ र सोको कार्यान्वयनका लागि ‘मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनसम्बन्धी कार्यक्रम, २०७७’ स्वीकृत भएको बताउनुभयो ।

पुस २३ देखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य प्रारम्भ हुँदैछ । सो कार्यका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति रहेको छ । समितिले सो कार्य सम्पन्न गरी माघ १७ गतेसम्ममा कार्य सम्पन्न गर्नुपर्ने गरी कार्यतालिकासमेत स्वीकृत भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेकोे जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमार्फत मतदान स्थल तथा मतदान केन्द्र पुनरवलोकनसम्बन्धी कार्यक्रम सञ्चालन हुनेभएको छ ।

गोरखापत्रका अनुसार आयोगले त्यसका लागि सबै जनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ-आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिन हुन अपिल पनि गरेको छ ।

पुस ५ गते निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली अद्यावधिक गर्ने, मतदान स्थलको टुङ्गो लगाउने प्रक्रिया सुरु गरेको हो । निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया पनि सुरु भइसकेको छ । मतदाता नामावली तया्ीसम्बन्धी कार्य गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्यसमेत सँगसँगै गर्नुपर्ने कारणले गर्दा अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदान स्थल तथा मतदान केन्द्र पुन्वलोकनसम्बन्धी कार्य सम्पन्न गरिसक्नु पर्ने हुन्छ ।

Facebook Comments