Sat. Jul 27th, 2024

परराष्ट्रमन्त्री ज्ञवाली भारत जाँदै

काठमाडौं, २०७७ पुस २१ गते मंगलबार

पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने हुनुभएको छ । उहाँ जनावरी दोस्रो सातासम्म भारत जाने तयारी भइरहेको मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

नेपाल-भारतको संयुक्त आयोगको छैँठौ बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन् । यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिनुभएको थियो ।

मन्त्री ज्ञवालीले भ्रमणका क्रममा नेपाल-भारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ । डिसेम्बर दोस्रो साता भारत भ्रमणको लागि तयारी गरिएको भए पनि नेकपाभित्रको विवाद र संसद विघटनका कारण उक्त तयारी रोकिएको थियो ।

Facebook Comments