Tue. Apr 21st, 2026

राष्ट्रपति पौडेल बागलुङमा   

       

ढोरपाटन (बागलुङ) । राष्ट्रपति रामचन्द्र पौडेल बागलुङमा आउनुभएको छ । बागलुङ नगरपालिका–१३ पैयुँपाटस्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहमा सहभागी हुन उहाँ नेपाली सेनाको हेलिकप्टरमा केहीबेरअघि यहाँ आइपुग्नुभएको हो ।

राष्ट्रपति पौडेललाई हेलिप्याडमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले स्वागत गर्नुभयो ।  रासस

Facebook Comments