Sat. Apr 20th, 2024

इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई

आयोजक बंगलादेशलाई ७७ रनले हराउँदै पाकिस्तानले इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा पाकिस्तानले घरेलु टोलीलाई ३०२ रनको लक्ष्य दिएको थियो । तर उसले ४३।३ ओभरमा सबै विकेट गुमाश्एर २२४ रन मात्र बनाउन सक्यो । उसका लागि अफिफ हुसेन ध्रुबोले ४९ रन बनाउनु भयो भने मेहदी हसनले ४२ रन बनाउनु भयो ।

अनलाईन खवरका अनुसार यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानको पनि सुरुवात राम्रो थिएन । ४१ रन जोड्दा दुई विकेट गुमाइसकेको थियो । तर रोहेल नजीर र इमरान रफीकले पारी सम्हाल्नु भयो। दुबैले तेस्रो विकेटका लागि ११७ रनको साझेदारी गर्नुभयो ।

रफीक ६२ रनमा आउट हुनुभयो । त्यसपछि नजीरले सउद सकिलसँग ८५ रनको साझेदारी गरेपछि पाकिस्तान विसाल योगफलतर्फ उन्मुख भएको थियो ।
नजीरले ११३ रन बनाउनु भयो भने सकिलले ४२ रज जोड्नु भयो ।

Facebook Comments