Sat. Jul 27th, 2024

चीनको केन्द्रीय रेडियो तथा टेलिभिजन स्टेशनका प्रमुखद्वारा नयाँ वर्ष २०२१ को शुभकामना

महानिर्देशक शन हाई स्युङ

काठमाडौं, २०७७ पुस १७ गते शुक्रबार

चीनको केन्द्रिय रेडियो तथा टेलिभिजन स्टेशनका प्रमुख शन हाई स्युङले नयाँ वर्ष सन् २०२१ को उपलक्ष्यमा शुभकामना सन्देश दिनु भएको छ ।

चिनिया परम्परा अनुसार यस वर्ष चिनियाहरु गाई वर्ष भव्य रुपमा मनाउदैछन् । सोही वास्तविकतालाई मध्यनजर गर्दै प्रमुख शनले भन्नु भएको छः नव वर्ष चीनको गाई वर्ष हो। गाई घरेलु जनावर हो। कृषि सभ्यतामा गाईले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। चिनियाँहरुको आँखामा गाई निकै मेहनती तथा बलियो जनावर पनि हो। नव वर्षको उपलक्ष्यमा पैचिङबाट नव वर्षको शुभकामना व्यक्त गर्दै नव वर्षमा गाईजस्तै बलियो बन्नुहुने शुभकामना छ।

 चाइना मिडिया ग्रुप अर्थात् सीएमजीका महानिर्देशक शन हाई स्युङको शुभकामना सन्देशको पूर्ण पाठ

प्रिय साथीहरू:

सन् २०२१ साल आउँदैछ। नव वर्ष चीनको गाई वर्ष हो। गाई घरेलु जनावर हो। कृषि सभ्यतामा गाईले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। चिनियाँहरुको आँखामा गाई निकै मेहनती तथा बलियो जनावर पनि हो। नव वर्षको उपलक्ष्यमा पैचिङबाट नव वर्षको शुभकामना व्यक्त गर्दै नव वर्षमा गाईजस्तै बलियो बन्नुहुने शुभकामना छ।

गत सन् २०२० असामान्य वर्ष रह्यो। यस वर्ष पूरा संसारमा धैरै कठिनाई देखापरेका छन्। नयाँ कोरोना महामारी पूरा समाजमा फैलिएको छ। राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा ठूलो प्रयासमार्फत् महामारी नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त भएको छ। अब चीन विश्वको एक मात्र आर्थिक विकासको मुलुक बन्नेछ।

अहिले महामारी विश्वका धेरै मुलुकहरुमा फैलिएको छ। हामीले हातमा हात मिलेर संयुक्त रुपमा महामारीको प्रतिरोध गर्नुपर्दछ। विश्वका सबै जनता सुखी र स्वस्थ रहौँ भन्ने आशा छ।

मिडियाकर्मीको हैसियतमा वास्तविकताको जानकारी दिनु र फैलाउनु हाम्रो जिम्मेवारी हो। कोभिड-१९ महामारी फैलिएको प्रारम्भिक अवस्थामा मेरा २ हजार भन्दा बढी सहयोगीहरूले तुरून्तै महामारीको रोकथाम तथा नियन्त्रण गर्ने अग्रपंक्ति (फ्रन्टलाइन)मा उभिएका छन्। संक्रमण वार्डबाट प्रत्यक्ष प्रसारण, बहुभाषी वृत्तचित्र कोभिड-१९ विरुद्ध सँगसँगै आदि कार्यक्रमले समयमै र उद्देश्यपूर्ण रूपमा विश्वलाई चीनको महामारी प्रतिरोधको अवस्थाबारे देखाएका छन्।

हामीले कोभिड-१९ फ्रन्टलाइनको स्थापना गरेर विविध देशका चिकित्सकलाई बोलाएर चिनियाँ विशेषज्ञको महामारी प्रतिरोधी व्यवहार र अनुभव बाँडेका छौं। हामीले मेडिकल पत्रिका द लान्सेटका प्रधानसम्पादक रिचर्ड होर्टन र क्याम्ब्रिज विश्वविद्यालयको नयाँ कोरोनाभाइरस भेरियन्ट सम्बन्धी प्रतिवेदनका प्रथम लेखक पीटर फोर्स्टर आदि गन्यमान्य व्यक्तिसँग विशेष अन्तर्वार्ता लिएका छौं। जसले तथ्य र विज्ञानबाट महामारीसम्बन्धी विविध अफ्वाहलाई स्पष्ट पारेको छ।

भर्खरै बितेको सन् २०२०मा धेरै निष्कपट भावनासहित कुरा भएका छन्। आजभन्दा करिब नौ सय वर्षअघि चिनियाँ उत्तरी सुङ राजवंशका दार्शनिक चाङ चाइले भनेका थिए, ‘गरिब र चिन्तित मान्छेले संकल्पको अभ्यासद्वारा सफलता पाउनेछ।’ यो वाक्य मान्छेका लागि पनि, देशका लागि पनि हो। कठिनाइमा हामीले न्यानो र निष्कपट भावना पाएका छौं र मानव भाग्य समुदायको अर्थबारे अझ बढी बुझेका छौं। उक्त महामारीबाट मानवजातिले हातमा हात मिलाएर महामारी लगायत साझा चुनौतीलाई जित्ने ठहर हामीले गहिरो रूपमा गरेका छौं।

कोरोना भाइरस महामारीले हामीबीचको प्रत्यक्ष मुखामुख आदान-प्रदानलाई अवरोध गरेपनि हाम्रो मन अझै घनिष्ठ पारेको छ। विगत एक वर्षदेखि मैले भी.जी.टी.आर.के, रसियन न्यूजपेपर, बीबीसी, सीएनएन, एपी, रोयटर्स, एएफपी, एन.एच.के, आर.ए.आई, युरोपियन ब्रोकास्टिङ युनियन (ईबीयू) लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका जिम्मेवार व्यक्तिहरू, चीनका लागि विभिन्न मुलुकका राजदूतहरूसँग एक अर्कालाई तीन सय भन्दा बढी चिट्ठी पठाएको छु। हामीले अभिवादन पठाएका, दायित्व सुम्पिएका र सहमतिलाई सबल पारेका छौं। चाइना मिडिया ग्रुपले पनि यूरोप, ल्याटिन अमेरिकाका धेरै मुलुकहरूका करिब एक सय सञ्चारमाध्यमसँग “क्लाउड मञ्च”मार्फत सहयोगबारे छलफल गरेर मिलीजुली महामारीको प्रतिरोध गरेको छ। चाइना मिडिया ग्रुपले धेरै सञ्चार-माध्यमहरूसँग प्रणालीगत सहयोग गरी “चीनबारेको छलफल-पुस्ता, “चीनको सबैभन्दा ठूलो सम्पदा”आदि कार्यक्रमको संयुक्त रुपमा खिचेको छ र महामारीबाट प्रभावित व्यक्तिहरूलाई जनस्तरको शक्ति उपलब्ध गराएको छ।

महामारीजस्तै गरिबी पनि मानव समाजको कठिनाइ हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभयो, ‘गरिबी उन्मूलन प्राचीन कालदेखि नै मानवको सपना हो र विभिन्न मुलुकका जनताले सुखमय जीवन खोज्ने आधारभूत अधिकार हो। विगत एक वर्षमा चीनले समष्टिगत गरिबी मुक्ति साकार तुल्याएको छ। आठ वर्षको सक्दो प्रयासपछि करीब दश करोड जनताले गरिबीबाट मुक्ति पाएका छन्। चीनले मानवको गरिबी न्यूनीकरण इतिहासमा चमत्कारको सिर्जना गरेको छ।

यस्तो महत्वपूर्ण इतिहासको रेकर्डरको रूपमा हामी चाइना मिडिया ग्रुपले चीन र अमेरिकाले संयुक्त रूपमा छायाङकन गरेको बहुभाषी वृत्तचित्र‘ चीनमा गरिबी निवारण’ सार्वजनिक गरेर ‘विश्व कार्वाही प्रस्ताव-२०२० गरिबी निवारण’ नामक आदि श्रृंखलावद्ध विशेष गरिबी निवारण सम्बन्धी कार्यक्रमको रचना गरेका छौं। हामीले चीनमा एक एक गरी गाउँ, एक एक गरी परिवारहरू विपन्नताबाट जोगिएको साँचो कथामार्फत केही विपन्नताबाट उकासिँदै गरेका मुलुक र जनतालाई अनुभवको प्रदान गर्ने आशा गरेका छौं।

सञ्चारमाध्यमको कार्यभारलाई व्यवहारमा उतार्नुका साथै अन्तर्राष्ट्रिय प्रथम श्रेणीका सिर्जनात्मक मुख्य सञ्चारमाध्यम समूहको स्थापना गर्ने उद्देश्य लिंदै जाने र इन्टरनेट वातावरणमा चौतर्फी मिडियाको निर्माण गर्न खोजिरहेका छौं। हामीले ‘5G+4K/8K+AI’प्रविधिको प्रयोग गरी सफलताका साथ चीनको छाङ अ नम्बर-५ अन्तरिक्ष सर्वेक्षण गर्दाको क्षण, ‘फनतौच’नामक दश हजार मिटर गहिराईसम्म जानसक्ने गोताखोर पनडुब्बीले वैज्ञानिक निरीक्षण गरेको कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेका छौं। तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजनाको अवधिमा हामीले‘शाङहाईमा बसेर विश्वका राम्रा सामान किन्ने’ इन्टरनेट प्रत्यक्ष प्रसारण बिक्री कार्यक्रमको आयोजना गरी विविध युरोपेली सामान इन्टरनेट तरिकाबाट चिनियाँ बजारलाई उजागर गरेका छौं।

मेरो विश्वास छ कि सत्य नै संचारमाध्यमको आत्मा हो। भरपर्दो समाचार र आधिकारिक सूचनाबाट संचारमाध्यमको जिम्मेवारी र गुणस्तरलाई प्रतिविम्वित गरिन्छ। अफसोसको कुरा के हो भने केही संचारमाध्यममा चीन सम्बन्धी रिपोर्टको बारेमा न्यायको ठाउँमा पूर्वाग्रह राखिएको छ र सत्यतथ्यको ठाउँमा अफवाह थोपरिएको छ। महामारी नियन्त्रण बारे होस् वा हङकङ, सिन्च्याङ सम्बन्धी रिपोर्टमा, झूटा वा गलत वा बकवास् जस्ता कुराहरू राखेको पाइन्छ। हामीले ती गलत रिपोर्टहरूको तुरून्तै प्रतिक्रिया दिएर वास्तविक अवस्थालाई समेटेका छौं। दृष्टिकोण वा विचार फरक हुनसक्छ तर सत्य एउटै हो। नयाँ वर्षमा अन्तर्राष्ट्रिय संचारमाध्यममा अफवाह् कम होस् भन्ने जिम्मा विश्वका सबै संचारकर्मीहरूका काँधमा छ।

युरोपमा एउटा नामी भनाई छः न्यायका पक्षपातीका धेरै साथी हुन्छन्। नयाँ वर्षमा चाइना मिडिया ग्रूपले मुख्य अन्तर्राष्ट्रिय संचारमाध्यमको जिम्मा लिँदै निष्पक्ष र न्यायोचित अडानका साथ विश्वसमक्ष सत्यतथ्यको प्रचारप्रसार गर्नुका साथै न्यायिक आवाज उठाउँदै सभ्यताको सौन्दर्यलाई विस्तार गर्दै जाने छ।

सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको प्रथम शताब्दी हो। एक सय वर्षअघि १३ जनाबाट गठित पार्टीका वर्तमान सदस्य ९ करोड पुगेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनको शान्तिपूर्ण पुनरूत्थान सफलताका साथ भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको सफलताको रहस्य के हो त? १.४ अरब चिनियाँहरूसँग एक सय वर्षको इतिहास बोकेको एउटा पार्टी कसरी हुनसक्छ? यी सबै कुरा चालू वर्षमा हामीले समाचार रिपोर्टिङमा जानकारी दिने मुख्य विषयहरूमध्येको एक हो। हामीले अझ उच्चस्तरीय व्यावसायिक भावनाका साथ चीन लगायत विश्व सम्बन्धी चौतर्फी र निष्पक्ष रिपोर्टिङमार्फत् तपाईंसामु अझ धेरै गुणस्तरिय कार्यक्रमहरू प्रदान गर्दै जानेछौं।

नयाँ वर्षको घाम राम्रोसँग लागिरहेको छ। चिनियाँ परम्परागत पात्रो अनुसार, चालू वर्ष गोरु वर्ष हो। यसै उपलक्ष्यमा म फेरि एक पटक  तपाईंहरूको सौभाग्यको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Facebook Comments