Sun. Mar 16th, 2025 02:14:05

राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलद्वारा शिष्टाचार भेट, प्रधानमन्त्री ओलीसँग सोमबार बिहान भेट्घाट हुने

काठमाडौं, २०७७ पुस १२ गते आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जनवादी गणतन्त्र चीनको कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री  क्वो ए चौको नेतृत्वको प्रतिनिधि मण्डलले आइतबार शिष्टाचार भेट गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा नेपाल र चीनबीच सदियौँदेखि रहिआएको प्रगाढ सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।

सो टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार बिहान भेट्ने कार्यक्रम तय भएको छ।

 प्रधानमन्त्रीसँग सोमबार बिहान बालुवाटारमा भेटेलगत्तै चिनियाँ टोलीले नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग छुट्टाछुट्टै र सामूहिक भेट गर्ने कार्यक्रम तय भइसकेको छ।

नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौं आइपुगेको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार दिउँसो  काठमाडौं आइपुगेको हो।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश लिएर उक्त टोली काठमाडौं आइपुगेको बुझिएको छ।

Facebook Comments