Mon. Mar 17th, 2025 01:25:46

ठूलो दल हुने आस नगर्न कांग्रेसलाई डा. भट्टराईको सुझाव

काठमाडौं, २०७७ पुस १२ गते आईतबार

जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले केपी ओलीले घोषणा गरेको चुनाव हुने र आफू ठूलो दल हुने आस नगर्न कांग्रेसलाई सुझाव दिनु भएको छ ।

संसद् विघटनविरुद्ध काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले कांग्रेसले आफू ठूलो दल हुने आस गरेको होला तर त्यसो हुन नसक्ने बताउनु भयो । राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेको र आफूहरु नगएको भट्टराईले स्मरण गराउनु भयो ।

कान्तिपुर अनलाईनका अनुसार भट्टराईले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोहद्वारा पुनःस्थापना गर्ने र आन्दोलनलाई जारी राख्ने बताउनु भयो । भट्टराईले अहिले संसद् विघटन गरी चुनाव गर्ने नाममा ओलीले विषको भाँडोमा माथि अमृत देखाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अमृतलाई हेरेर कांग्रेसलाई नलोभिन हाम्रो आग्रह छ । ढुलमुले पाराले ओलीबाट सत्ता झर्ला र खाउला भन्ने कांग्रेसले नसाचे हुन्छ ।’

उहाँले अदालतप्रति झिनो आसामात्रै रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी सडकबाटै संसद् पुनःस्थापना गर्ने हो । न्यायाधीशप्रति सम्मान छ । तर केपी ओलीले सबै संस्थामा आफ्नो खल्तीबाट मान्छे लगेर राखेका छन् । त्यही भएर सडक आन्दोलनको विकल्प छैन ।’

Facebook Comments