Sat. Jul 27th, 2024

बिस्तारित मन्त्रीपरिषद्मा टोप बहादुर रायमाझीलाई उपप्रधानमन्त्री र प्रभु शाहलाई श्रम मन्त्रालयको जीम्मेवारी

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार बेलुकी ओलीले नियुक्ती गर्नु भएको हो ।

बालुवाटार श्रोतका अनुसार टोपबहादुर रायमाझीलाई उपप्रधान तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रम मन्त्रीको जिम्मेवारी प्रभु साहले पाउनु भएको छ । त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीले जिम्मेवारी पाउनु भएको छ ।

नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।

प्रतिनिधि सभा विघटनलगत्तै सात मन्त्रीले संयुक्तरूपमा राजीनामा दिएका थिए ।

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण ७ बजे हुने राष्ट्रिपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले बताउनुभयो ।

Facebook Comments