भट्टराई कुल विकास प्रतिष्ठान गोठगाउँ मोरङको नयाँ कार्यसमिति चयन
महेश भट्टराई/ सुन्दरहरैचा । भट्टराई कुल विकास प्रतिष्ठान गोठगाउँ मोरङको नयाँ कार्यसमिति चयन भएको छ । प्रतिष्ठानको विधिविधान अन्तर्गत रहेर नयाँ ढंगले परिवर्तनका कामहरु गर्ने सबै पदाधिकारी तथा सदस्यहरुले उद्घोष गरेका छन् ।
नयाँ कार्यसमितिको अध्यक्षमा प्रवीणकुमार भट्टराई र वरिष्ठ उपाध्यक्षमा केशवबहादुर भट्टराई सर्वसम्मतरुपमा चयन हुनु भएको छ । यसैगरी उपाध्यक्षमा हीरा भट्टराई, सचिवमा राम भट्टराई, सहसचिवमा कृष्णप्रसाद भट्टराई र कोषाध्यक्षमा पुष्पराज भट्टराई चयन हुनु भएको छ ।
यसैगरी सदस्यहरुमा गजेन्द्रप्रसाद भट्टराई, भरत भट्टराई, चण्डीराज भट्टराई, दिनेशकुमार भट्टराई, ज्ञानु भट्टराई, पर्शुराम भट्टराई, वसन्तराज भट्टराई, रन्जेश भट्टराई र सीता भट्टराई चयन हुनु भएको छ । प्रतिष्ठानको विकासका लागि तीनवर्षे नयाँ कार्यसमितिको सम्पूर्ण नेतृत्व सशक्तरुपमा लागि पर्ने वरिष्ठ उपाध्यक्ष केशव भट्टराईले जानकारी दिनु भयो ।
यही मंसिर १८ गते भएको साधारणसभाबाट प्रतिष्ठानको नयाँ नेतृत्व चयन भएको हो । नेतृत्व चयनका लागि जीवराज भट्टराई, केशव भोजपुरे भट्टराई र तेजबहादुर भट्टराई निर्वाचन समितिमा रहनु भएको थियो । यसअघि मंसिर १७ गते बुधबार सुन्दरहरैैंचा नपा वडा नं. ७ स्थित गोठगाउँमा भव्यरुपमा भट्टराई कुलपूजा (देवाली) सम्पन्न भएको थियो ।

