Tue. Jul 28th, 2026

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत हौ यान्छीबीच भेटवार्ता

       

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

नेपालका लागि चिनियाँ राजदूत हौं यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु भएको छ ।

स्रोतका अनुसार उहाँहरूबीच मंगलबार साँझ ६:५० बजेदेखि ७:५५ बजेसम्म भेटवार्ता भएको थियो। भेटमा भएको कुराकानीबारे केही खुलेको छैन।

नेकपाका दुई पक्ष औपचारिकरूपमा छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक गरेका बेला यो भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ। नेकपामा विवाद उत्पन्न हुँदा यस अघि पनि राजदूत यान्छी निकै सक्रिय हुनुभएको थियो ।

संसद भंगसँगै राजनीतिक संकट गहिरिँदै गएको समयमा उहाँले भण्डारीसँग भेट गर्नुभएको हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा चीनले अहिलेसम्म कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन ।

 

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read