Fri. Oct 18th, 2024

डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूतमा नियुक्त

डा. युवराज खतिवडा

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा  नियुक्त गर्नु भएको छ ।

मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले पूर्वमन्त्रीसमेत रहनु भएका खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनु भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Facebook Comments