Mon. Jun 17th, 2024

अबको आन्दोलन जन-गणतन्त्रको निम्तिः नेता गजुरेल

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

नेकपा (क्रान्तिकारी-माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी सर्मा ओलीले गरेको संसद विगटन प्रतिगामी भए पनि त्यसको पुनस्थापनाको लागि नभई अब आफूहरुले जन-गणतन्त्रको स्थापनाको लागि लडाई लड्ने उद्घोष गर्नु भएको छ ।

मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै मुलतः संसदीय व्यवस्था नै देशका निम्ति अभिसाप भएकोसमेत उहाँले बताउनु भयो ।

२३ दलिय मोर्चाको नेतृत्वकर्तासमेत रहनु भएका गजुरेलले नेपाली भूमिमा बारम्बार हुने आन्दोलनका उपलब्धिहरु खेर जानु र पुनः देश अस्थिरतामा जानुको मुल कारण नै संसदीय व्यवस्था बताउनु भयो । उहाँले एकथरीले प्रतिगमनको कदम चाल्ने र अर्को थरी त्यसको विकल्प संसद पुनःस्थापनाको लागि तत्पर छन् दुबैथरीबाट जनता प्राताडित बाहेक केही नहुने बताउँदै उहाँले भन्नु भयो,“ओलीले प्रतिगमन गरे त्यसको विरुद्धमा शक्तिको बाघडोरमा जान प्रचण्ड तयार छन्, उनी नभए माधब नेपाल ती नभए देउबा जो भएपनि जनताले के पाउने त्यो भन्दा यो व्यवस्थाकै खारेजमा जानु उचित छ ।”

नेता गजुरेलले अहिले सत्तासिन दलमै ठूलो संकट र विभाजन आएको भन्दै यो अवस्थामा एकले अर्कोलाई कारबाहीको हिलो छ्यापा-छ्यापमा लागेको र दुबै पक्षमा शक्ति र वैधानकिताको चरम लडाई चलेकोले यसबेला देश गम्भिर दुर्घटनामा जानसक्ने संकेत पनि गर्नुभयो ।

ओलीले आफू सत्ता र शक्तिमा रहनका निम्ति संकटकालको समेत तयारी गरेको खुलासा गजुरेलले गर्नुभएको छ । कसैलाई शक्तिमा पुर्याउन फेरी तपाईहरु अर्को आन्दोलन् या संघर्ष भन्दै हुनुहुन्छ जनताले किन लड्ने, भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयोे,“हो हामी पनि त्यही भनिरहेका छौं बारम्बार घुमिफिरी संसदीय व्यवस्थाको निम्ति होइन अन्तिम लडाई यो वर्तमान व्यवस्था र जनगणतन्त्रका लागि लडौं भन्ने हो ।” गजुरेलले भन्नुभयो ‘अहिले ओली असफल भन्ने गरिन्छ, तर उनी मात्रै होइन सिंगो लोकतानित्रक गणतन्त्र फेल भएको हो, संसदीय व्यवस्थाभित्र देशी–विदेशी शक्तिहरुले खेल्ने र जनविरोधी दलालहरु मोटाउने र पोसिने रक्षाकवज हुन्छ, त्यसको एकमात्र स्थायी निकास जन-गणतन्त्र हो ।’

गजुरेलले आफ्नो पार्टीसहितको २३ दलिय मोर्चाले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने समेत बताउनु भयो ।

Facebook Comments