Tue. Jul 28th, 2026

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट दर्ता

       

काठमाडौं, २०७७ पुस ७ गते मंगलबार

संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा १२ वटा भिन्दाभिन्दै रिट दर्ता भएका छन् ।

ति रिटहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक क्षेत्राधिकार विरुद्ध गइ संसद विघटन गरेको भन्दै राष्ट्रपतिको निर्णय उल्ट्याउन माग गरिएको छ ।

१२ वटै रिट निवेदन सोमबार नै दर्ता भएका हुन् । संविधान अनुरुप संसद विघटन गर्नपूर्वको अवस्था विद्यमान नभएको दावी रिटमा छ । साथै आगामी बुधबारका लागि सुनुवाइको पेशी पनि तोकिएको छ ।

रिट निवेदकहरुको नाम:

अधिवक्ता कन्चन कृष्ण न्यौपाने

लोकेन्द्रबहादुर ओली

केशरजंग केसी

ज्ञानेन्द्र आरण

शालिकराम सापकोटा

कलम बहादुर खत्री

अमिता गौतम पौडेल

दिनेश त्रिपाठी

सन्तोष भण्डारी

दीपक राई

तुलशी सींखडा

सुलभ खरेल

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read