Sat. Jul 27th, 2024

नेकपाका दुई खेमाकाे आज छुट्टाछुट्टै भेला, बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक

काठमाडौं, २०७७ पुस ६ गते सोमबार

प्रतिनिधिसभा विघटन भएपछि दुई खेमामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले आज छुट्टाछुट्टै भेला आयोजना गरेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट नेता तथा विघटित प्रतिनिधिसभाका सांसदहरुको भेला गरिरहनु भएको छ ।

नेपाली कांग्रेससहित संसदमा रहेका तीन प्रमुख दलहरूको बैठक आज दिउसो ४ बजे कांग्रेस पार्टी कार्यालय सानेपामा बस्दैछ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादीका डा.बाबुराम भट्टराई, महन्थ ठाकूरलगायतका शीर्ष नेताहरू सहभागी हुने बताईएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका सांसदहरूको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पूर्वमाओवादीबाट मन्त्री बनेकाहरू पनि छन् ।

बैठकमा नेता लेखराज भट्टसमेत सहभागी हुनुहुन्छ । गृहमन्त्री रामबहादुर थापा (बादल) ले भने मन्त्री निवासमै बैठकमा व्यस्त हुनुहुन्छ ।

संसद विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

आजै प्रचण्ड-माधव नेपाल पक्षले पनि सांसदहरूको अलग्गै बैठक बोलाएका छन् ।

 

Facebook Comments