Mon. Jun 15th, 2026

चीनको सन् चौ २१ ‘कान्छा अन्तरीक्ष यात्री’ लिएर अन्तरिक्षतर्फ प्रस्थान   

       

चिउकान, चीन । चीनले शुक्रबार आफ्नो सबैभन्दा कान्छो ताइकोनट (अन्तरीक्ष यात्री) सहित आफ्नो अन्तरिक्ष स्टेशनको लागि शुक्रबार राति प्रस्थान गरेको छ।

चीनको अन्तरिक्ष कार्यक्रमको ‘मुकुट रत्न’ मानिने तियाङगाङ अन्तरिक्ष स्टेशनबाट तीन अन्तरिक्ष यात्री र चार वटा ल्याबका मुसाहरू यात्राका लागि पठाइएको हो ।

अभियानका कमान्डर तथा अनुभवी अन्तरिक्ष पाइलट झाङ लुका साथ ३२ वर्षीय फ्लाइट इन्जिनियर वु फेई र पेलोड विशेषज्ञ ३९ वर्षीय झाङ होङझाङ यात्रामा सहभागी भएका हुन् ।

तीन यात्रीले हरेक छ महिनामा अभियानको नेतृत्व गर्नेछन् । संयुक्त राज्य अमेरिका र रूसलाई पछ्याउँदै चीनले अन्तरीक्ष यात्राका लागि अर्बाँं डलर खन्याइएको छ।

चीनले यस दशकको अन्त्यसम्ममा चन्द्रमामा क्रू मिशन पठाउने र अन्ततः चन्द्रमाको सतहमा आधार निर्माण गर्ने साहसिक योजना बनाएको छ।
शेन्झोउ-२१ चालक दल शुक्रबार राति ११ः४४ बजे प्रस्थान गर्ने कार्यक्रम तय गरिएको थियोे ।

तीन अन्तरिक्ष यात्रीले उत्तर पश्चिम चीनको गोबी मरुभूमिको दुर्गम जिउक्वान स्याटेलाइट लन्च सेन्टर बेसमा सहकर्मी र परिवारका सदस्यहरूसँग हात हल्लाएर बिदा भएका थिए ।

झाङ लुले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अभियानबारे आफू विश्वस्त रहेको र टोलीले ‘मातृभूमि चीन र यसका मानिसहरूलाई पूर्ण सफलताका साथ रिपोर्ट गर्ने’ बताउनुभएको थियो ।

अन्तरिक्षमा पहिलो पटक प्रवेश गरेका वुले बिहीबार एक पत्रकार सम्मेलनमा आफू ‘अतुलनीय भाग्यशाली’ भएको बताउनुभएको थियो ।

दुई भाले र दुई पोथी मुसाहरूलाई चीनको पहिलो इन-अर्बिट प्रयोगको लागि अन्तरीक्ष यात्रामा सामेल गराइएको हो ।

शेनझोउ-२१ विमान उडेको साढे तीन घण्टापछि तियानगोङ अन्तरीक्ष अभियानसँग जोडिनेछ ।

’अन्तरिक्ष सपना’    

पैचिङको अन्तरिक्ष कार्यक्रम अमेरिका र पूर्व सोभियत सङ्घपछि कक्षमा मानव प्रवेश गर्ने तेस्रो अन्तरिक्ष कार्यक्रम हो।

चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा आफ्नो ‘अन्तरिक्ष सपना’ हासिल गर्ने योजनालाई तीव्र पारेको छ, सन् २०१९ मा चन्द्रमाको टाढाको भागमा आफ्नो चाङ’ई-४ अभियानलाई सफलतापूर्वक अवतरण गरेको थियो । यो चन्द्रमाको टाढाको भागमा अवतरण गर्ने पहिलो अन्तरिक्ष यान थियो ।

त्यसपछि उसले सन् २०२१ मा मंगल ग्रहमा एउटा सानो रोबोट अवतरण गरेको थियो ।

वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउनका साथै शेन्झोउ-२१ चालक दलले स्पेसवाकमा जाने र तियानगोङ अन्तरिक्ष स्टेशनको बाहिरी भागमा ‘एन्टी–डेब्रिस शील्ड’हरू स्थापना गर्ने अपेक्षा गरिएको छ।

सन् २०११ मा अमेरिकाले नासालाई बेइजिङसँग सहकार्य गर्न प्रतिबन्ध लगाएपछि चीनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट बाहिर राखिएको थियो।

त्यसपछि उसले अन्य देशहरूलाई आफ्नो अन्तरिक्ष कार्यक्रममा ल्याउन खोजेको छ र फेब्रुअरीमा लामो समयको सहयोगी पाकिस्तानसँग पहिलो विदेशी अन्तरीक्ष यात्री (ताइकोनट) भर्ना गर्न सम्झौतामा हस्ताक्षर गरेको छ। एएफपी

Facebook Comments