Sat. Jul 27th, 2024

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा लामो भेटघाट

Oli- Bhandari

काठमाडौं, २०७७ पुस ५ गते आईतबार

नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारीबीच एक घण्टा लामो छलफल भएको छ ।

पार्टी भित्रको विवाद समाधानका लागि ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच खुमलटारमा भएको छलफल सकरात्मक नभएपछि अ‍ेली राष्ट्रपति भण्डारीलाई भेट्न शनिवार साँझ सितल निवास जानु भएको हो ।

बिहानैदेखि पार्टीका नेताहरूको घरघर पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली साँझ शीतलनिवास पुग्नु भएको हो । करीब एक घण्टा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरी प्रम ओली बालुवाटार फर्किनु भएको थियो ।

उहाँहरूबीच के बिषयमा कुराकानी भयो भन्ने यकीन भएको छैन । आईतबार बस्ने स्थायी समितिको बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीको यो दौडलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुग्नु भएका ओली, प्रचण्डको क्याम्प छोडेका भनिएका सचिवालय सदस्य रामबहादुर थापाको निवास पुग्नु भएको थियो।

शनिबार बिहानको भेटमा प्रचण्डले ओलीको प्रस्ताव स्वीकार नगरेसँगै ओलीले पुल्चोक मन्त्रीनिवास पुगेर गृहमन्त्री राम बहादुर थापा लगायतका मन्त्रीहरुसँग छलफल गर्नु भएको थियो । दिनभरको छलफलपछि ओली राष्ट्रपति निवास पुग्नु भएको हो ।

Facebook Comments