Sat. Apr 18th, 2026

ढिस्कोले पुरिएर चार जनाको मृत्यु   

       

बरहथवा (सर्लाही) ।  जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ ।

हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले जानकारी दिनुभयो ।

राससका अनुसार ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पु-याएका थिए । अस्पताल पु-याउने बित्तिकै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका उहाँले बताउनुभयो ।
–––

Facebook Comments