Sat. Mar 14th, 2026

सपनाको भरिया रहेछ जीवन !

- भवानी न्यौपाने 'भावना'

       

काठमाडौं, २०७७ मंसिर २८ गते आईतबार

सपनाको भरिया रहेछ जीवन !

अविश्रान्त बग्ने मनोभावनाहरू

निष्पट निषा पछि उषाको लालित्य चुम्ने आशाहरू

शरदको चिसो सन्नाटमा घाम खोज्ने सपनाहरू

जिन्दगीको बागमा ढकमक फूल फुलाउने रङ्गीन योजनाहरू

एकपछि अर्को नयाँ नयाँ सपना बोक्ने भरिया रहेछ जीवन।

बोक्दा बोक्दै थिच्न थाल्छ आफैलाई

अटसमटस हुन्छन् सञ्चित सपनाहरू

कति उषासँगै विलिन भएर जान्छन्

कति हृदयकुञ्जमा अमिट भएर बस्छन्

आखिर सपनै सपनाको भरिया रहेछ जीवन।

जिन्दगी एउटा रुख न हो पलाउँछ,

फुल्छ र फल्छ अनि पाक्छ र गल्छ।

Facebook Comments