Sat. Jul 27th, 2024

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक सहमति विनै सकियो

काठमाडौं, २०७७ मंसिर २६ गते शुक्रबार

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक कुनै सहमतिमा हस्ताक्षर नगरिकनै सकिएको छ । बिहीबार देखि सुरु भएको भर्चुअल बैठक शुक्रबार सकिएको र कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बैठकमा प्रसारण लाइन र विद्युत् व्यापारका केही विषयमा सहमति नजिकै पुगिएको तर हस्ताक्षर नै गर्ने गरी माइन्युट तयार पार्न नसकिएको मन्त्रालयले जनाएको छ । यो बैठकमा सहमति नजिक पुगेका विषयमा केही दिनभित्रै हस्ताक्षर गर्ने मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनुभयो ।

उज्यालो अनलाईनका अनुसार नेपालको बिजुली किन्न भारतसँग मुख्य सम्झौता भए पनि भारतले कार्यविधि पारित नगर्दा बर्खामा नेपालको बिजुली खेर गएको कुरालाई यो बैठकमा महत्त्वका साथ उठाइएको र भारत सकारात्मक रहेको पनि सचिव घिमिरेले बताउनुभयो ।

यस्तै ढल्केबर-मुजप्फरपुर चार सय केभी प्रसारण लाइनबाट नौ सय मेगावाटसम्म बिजुली आयात-निर्यात गर्नेे, न्यु बुटवल-गोरखपुर प्रसारण लाइनको लागि दुई देशले संयुक्त कम्पनी बनाउने लगायतका विषय पनि लगभग टुङ्गोमा पुगेको उहाँको भनाइ छ ।

Facebook Comments