Mon. Apr 20th, 2026

चीनमा विशाल सैन्य परेडको आयोजना

       

भिओके समाचार/काठमाण्डू । जापानी आक्रामण विरुद्धको चिनियाँ जन प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धमा विजयको ८० औं वार्षिकोत्सवको स्मृतिमा चीनको राजधानी पैचिङमा विशाल सैन्य परेडको आयोजना गरिएको छ ।

थियान आन मन स्क्वायरमा आयोजित सैन्य परेड समारोहमा विश्वका नेताहरुसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुभएको थियो । जापानीहरुले गरेको आक्रमणमा विजय हासिल गरेको दिनको स्मरणमा हरेक वर्ष चीनले विजयोत्सव मनाउने गरेकोमा यो यो ८० औं विजयोत्सव कार्यक्रम हो ।

‘भिक्ट्री-डे’को अवसरमा आयोजित यस कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गरेको छ ।

थियान आन मन स्क्वायरमा सेनाको टोलीले परेड प्रदर्शन गरेको थियो । साथै ८० हजार सेता परेवा समेत आकाशमा उडाइएको थियो । औपचारिक समारोह सकिएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले दिवाभोज आयोजना गरेका गर्नुभएको थियो । परेड अवलोकन तथा दिवाभोजमा प्रधानमन्त्री केपी शर्मा ओली, रुसकमा राष्ट्रपति भ्लामिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन लगायत विश्वका २० भन्दा बढी मुलुकका सरकार प्रमुख तथा राष्ट्रप्रमुखको उपस्थिति रहेको थियो ।

सो सैन्य परेडको रे टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो ।

Facebook Comments