Sat. Jul 27th, 2024

विप्लव समूहद्वारा शिक्षक हत्याको जिम्मेवारी

काठमाडौं, २०७७ मंसिर २३ गते मंगलबार

मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले लिएको छ । मेची-कोशी ब्युरोका इञ्चार्ज प्रतापले मंगलबार साँझ विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएका हुन् ।

विज्ञप्तिमा समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दाबी गरिएको छ ।

Facebook Comments