Sat. Jul 27th, 2024

सूचना विभागले हटायो ‘सेवा प्रवाहमा कोटा प्रणाली’

काठमाडौं, २०७७ मंसिर १८ गते बिहीबार

सूचना तथा प्रसारण विभागले यसअघि लागू गरेको ‘सेवा प्रवाहमा कोटा प्रणाली’ हटाएको छ ।

कोरोना महामारीको उच्च जोखिमलाई मध्येनजर गर्दै यसअघि लागू गरेको सेवा प्रवाहमा कोटा प्रणाली यही मंसीर २१ गते आइतवारदेखी लागू हुनेगरी हटाइएको विभागद्वारा आज जारी सूचनामा जनाइएको छ ।

प्रशासन अनलाईनका अनुसार यसअघि कोटा प्रणालीमा नाम टिपाइसकेका सेवाग्राहीले भने कार्यालयमा जुनसुकैदिन उपस्थित भई सेवा लिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

समग्र प्रेस जगत र प्रसारण क्षेत्रलाई व्यवस्थित, पारदर्शी र थप सङ्क्रमणबाट जोगाउन यसअघि बिहान १० देखि ११ बजेको बीचमा फोन नं. ०१४११२७१७ मा फोन गरी अलग अलग समयमा समय दिई भिडभाड नबनाउने, सेवा छिटो प्रदान गर्ने र सेवाग्राही र सेवा प्रदायक दुवैलाई सुरक्षित बनाउन कोटा प्रणाली लागू गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयद्धारा जारी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी सेवाग्राहीले आफ्नो स्वास्थ्यको आफै ख्याल गरी आफू सङ्क्रमण हुनुबाट जोगिने र अरुलाई पनि सङ्क्रमण हुनबाट बचाउन विभागले आग्रह समेत गरेको छ ।

Facebook Comments