Sun. Apr 19th, 2026

सप्तकोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला   

       

नरुवा (सुनसरी) । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोशी नदीमा कोशी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

सप्तकोशी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उहाँले बताउनुभयो । रासस

Facebook Comments