Mon. May 25th, 2026

अमेरिकामा कोरोना महामारी तत्काल नियन्त्रण हुन नसक्ने विज्ञको भनाइ

       

काठमाडौं, २०७७ मंसिर १६ गते मंगलबार

अमेरिकी एलर्जी तथा संक्रमण रोग सम्बन्धी राष्ट्रिय संस्थाका प्रमुख एन्टोनी फाउसीले गत नोभेम्बर २९ तारिख अमेरिकामा कोरोना महामारीको स्थितिमा “आकस्मिक रुपमा” सुधार हुनसक्ने सम्भावना नभएको र हरेक दिन नयाँ थपिने संक्रमितको संख्या “धेरथोर” बृद्धि हुनसक्ने बताउनुभएको छ।

अमेरिकी एबीसी टेलिभिजनको “यस साता” कार्यक्रमसँग कुराकानी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार, अमेरिकी पूर्वी समय नोभेम्बर २९ तारिख मध्यरातिसम्म अमेरिकामा कोरोना संक्रमितहरुको संख्या १ करोड ३३ लाख ६० हजार भन्दा बढी पुगेको छ भने मृतकहरुको संख्या २ लाख ६० हजार भन्दा बढी पुगेको छ।

सीएनएनका अनुसार, कोरोनाबाट अस्पतालमा भर्ती हुनेको संख्या विगत दुई दिनदेखि निरन्तर बढेर ९३ हजार २ सय पुगेको छ। अमेरिकाको चिकित्सा संस्थाको सामु विशाल दवाब देखा परेको छ।

Facebook Comments