Sat. Jul 27th, 2024

न्याय परिषद् सदस्यमा रामप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं, २०७७ मंसिर १५ गते सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई न्याय परिषद सदस्य पदमा नियुक्त गर्नु भएको छ ।

आज राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठ लाई उक्त पदमा नियूक्त गर्नु भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरे हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments